हङकङ प्रदर्शनमा विद्यार्थी पनि उत्रिए

हङकङ प्रदर्शनमा विद्यार्थी पनि उत्रिए

हङकङ : हङकङमा तीन महिनादेखि जारी प्रदर्शनमा समर्थन जनाउँदै स्कुले विद्यार्थी पनि सडकमा ओर्लिएका छन्।सोमबार मात्रै माध्यमिक तहका एक हजारभन्दा धेरै विद्यार्थी विद्यालय पोशाकमै प्रदर्शनमा सहभागी बने। उनीहरूले लोकतन्त्रका लागि यसरी आन्दोलनमा आएको प्रतिक्रिया दिएका छन्।

उनीहरूमध्ये कतिपयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरू स्वतन्त्रताको लागि सडकमा ओर्लिएको बताए। अहिले नै आन्दोलनमा नआए पछि पछुतो हुने भन्दै प्रदर्शनमा सहभागी भएको उनीहरूको भनाइ छ।

उनीहरूले मानव साङलो बनाएर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले बिहानैदेखि रेलसेवा ठप्प पारेका थिए। सोमवार बिहानै कालो कपडा लगाएका उनीहरू रेलका झ्यालमा झुन्डिएका थिए। यसबाट रेल चल्न सकेको थिएन। प्रदर्शनकारीका कारण मेट्रो सेवा पनि केही समय बन्द भएको थियो। प्रदर्शनकारीले स्कुले विद्यार्थीलाई आन्दोलनमा उत्रन आह्वान गरेका थिए।

यसैबीच सरकारविरोधी प्रदर्शनमा सहभागी महिलालाई दुर्व्यवहार गर्ने धम्की दिन थालेको छ। चिनियाँ सामाजिक सञ्जालमार्फत महिलामाथि अफवाह फैलाउन र बेइज्जती गर्न थालिएको छ। आन्दोलनमा सहभागी १७ वर्षीया मिकी ल्वाङ हो वुनले भनिन्, ‘मेरो विचार वा अरू कारणले ममाथि आक्रमण गरिएको छैन। म महिला भएको भन्दै बेइज्जत गरिएको छ।’

लोकतन्त्र समर्थक प्रदर्शनका क्रममा लिइएका तस्बिरलाई एडिट गरेर सामाजिक सञ्जालमा राखिएको छ। हङकङमा सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन चलिरहेको छ। हाल यसमा लोकतन्त्रको माग राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.