नदीमा वेपत्ता ३ मध्ये एक महिलाको शव भेटियो
![नदीमा वेपत्ता ३ मध्ये एक महिलाको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/dubyo-river_20181021092248_VhzJZcvrIa.jpg)
गोपाल भण्डारी
कपिलवस्तु : तीजका अवसरमा नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एक जनाको शव भटिएको छ। सोमबार बिहान शुद्धोधन गाउँपालिका–६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा ३ जना बेपत्ता भएका थिए।
बेपत्ता मध्ये १५ वर्षीय तारा कहारको शव नदी किनारमा फेला परेकोे प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। सोमबार बिहान नदीमा नुहाउन गएका स्थानीय १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामति बेपत्ता भएका थिए। बेपत्ता २ जनाको शव खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)