अमेरिकी सेना फिर्ताको सहमतिसँगै तालिबानी हमला, १६ मारिए
![अमेरिकी सेना फिर्ताको सहमतिसँगै तालिबानी हमला, १६ मारिए](https://annapurnapost.prixacdn.net/media/albums/afagan-taliban_20190903091611_VNBgD689bj.jpg)
काबुल : अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम हमला हुँदा १६ जना मारिएका छन् । अरु एक सय भन्दा धेरै घाइते छन् ।
तालिबानी समूहले आक्रमणको जिम्मा लिएको छ । ग्रिन भिलेज नजिकै आवासीय क्षेत्रमा बम हमला भएको हो ।
अफगानिस्तानको मुख्य टेलिभिजन तोलो युजले अमेरिकी राजदूत जालमे खालिलजादसँग अन्तर्वार्ता लिइरहँदा उक्त हमला भएको थियो । अन्तर्वार्ताको क्रममा राजदूत खालिलजादले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तयारीबारे कुरा गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)