पिटरले ठक्कर दिँदा दुई घाइते

पिटरले ठक्कर दिँदा दुई घाइते

ओखलढुंगा : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मानेभञ्ज्याङ गाउँपालिकामा दुईजना घाइते भएका छन् । 

मंगलबार दिउँसो साढे १२ बजे मानेभञ्ज्याङ ५ को जेरुङ गाउँमा बा ५ ख १२३ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइलमा सवार मानेभञ्ज्याङ– ६ का ३० वर्षीय एबिराज राई र सोही ठाउँका वर्षीय २६ का ब्रितम राई घाइते भएका हुन्। 

घाइतेमध्ये एबिराजको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं पठाइएको छ। उनको टाउको र खुट्टामा चोट छ। 

सामान्य उपचारपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.