शरणार्थी सुन्दरीको स‌ंघर्ष : सोमालियादेखि ‘मिस अमेरिकासम्म’

शरणार्थी सुन्दरीको स‌ंघर्ष : सोमालियादेखि ‘मिस अमेरिकासम्म’

वासिङ्टन : हलिमा अडेनले सुन्दैआएको कुरा छ, ‘तिमी पूर्ण सोमाली नागरिक हैनौ, तिमी असल मुस्लिम हैनौ, तिमी पूर्ण अमेरिकी नागरिक पनि हैनौ, मसँग विविध पहिचान छ, तिनै विविध चिजले मलाई म को हुँ भन्ने पुष्टि गर्छ ।’

तर २१ वर्षीया सोमाली–अमेरिकन मोडेललाई यस्तै कुराले सधैँ संघर्षका लगि प्रेरित गरिरहन्छ । जव विश्वले तपाईँ एक वा अर्को भएको देख्न चाहन्छ भने त्यो सजिलो छैन ।
हलिमा अमेरिकाको मिनेसोट्टास्थित ‘मिस अमेरिका’को प्रतिष्पर्धामा सहभागी भएको पनि दुई वर्ष बितिसक्यो ।

हिजाब र बुर्का पहिरनमा सजिएर सुन्दरी प्रतिष्पर्धामा सहभागी हुने हलिमा नै संसारभर पहिलो युवती थिइन् । जुन बेला एक सोमाली शरणार्थी युवतीको बुर्कासहितको भव्य तस्बिर फेशन म्यागजिनले महत्वका साथ कभरमा छापेको थियो ।

रोचक त के भने, न्युयोर्क फेशनविकमा हलिमाले आफ्ना लागि पृथक किसिमको ड्रेस फेशन उद्योगमा अर्डर दिइन् । खासमा हलिमा जन्मिएको ठाउँ नै फरक संसार जस्तो थियो । शरणार्थीको रुपमा उनी केन्या पुगिन् । पछि अमेरिकासम्म पुगेर मोडलिङ गर्न थालिन् । कुनै पनि मुस्लिम युवतीका लागि यस्तो यात्रा कठिन मात्रै हैन, असम्भवप्रायः छ ।

हलिमाकी आमा नै उनको यस्तो कामबाट सन्तुष्ट छैनन् । उनी आफ्नी छोरीले स्थायी रुपमा जागिर खाएर बसोस् भन्ने चाहन्छिन् । फेशनको दुनियाँमा हराएर परिवार, आफन्तलाई बिर्सने पो हो कि भन्ने चिन्ता पनि उनकी आमालाई छ ।

फिल्म मेकर माइक सम र अर्थर नजर्यानका अनुसार हलिमा अडेन २०१६ मा सार्वजनिक रुपमा चिनिएकी हुन् । जतिबेला उनी अमेरिकामा सुन्दरी प्रतियोगितामा बुर्का लगाएरै उत्रिइन्, त्यसै बेलादेखि उनलाई धेरैले चिनेका हुन् । संयोग कस्तो भने, डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा भाग लिन उक महिनाभन्दा थोरै समयको तयारीमा थिए ।

त्यसै बेला हलिमा सोमाली–समुदायको प्रतिनिधिको रुपमा सौन्दर्य प्रतियोगितामा क्याटवक गर्दै थिइन् । ट्रम्प आफ्नो देशका मुस्लिम नेत्रीहरुप्रति आक्रोशित भइरहँदा हलिमाको संघर्ष थप रोचक हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.