कांग्रेस बैठक जारी : राजनीतिक प्रस्ताव र भातृ संस्थाबारे छलफल

कांग्रेस बैठक जारी : राजनीतिक प्रस्ताव र भातृ संस्थाबारे छलफल

काठमाडौं : दुई महिनादेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझैसम्म जारी छ।  बैठकमा केन्द्रीय सदस्य बोल्नेक्रम जारी छ। पार्टी पदाधिकारी भने बोल्न बाँकी छ। बैठकमा समसामयिक राजनीतिक प्रस्ताव र भातृ संस्थाबारे छलफल चलिरहेको छ। 

सरकारप्रतिको बढ्दो असन्तुष्टिलाई लोकतन्त्रप्रतिकै असफलताका रुपमा भ्रम फैलाउन खोजिएको कांग्रेसको ठहर छ। कांग्रेसले लोकतन्त्रविरोधी गतिविधिप्रति सचेत रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ। 

बैठकमा पेश भएको दश बुँदे राजनीतिक प्रस्तावमा भ्रष्टाचार, संविधान संशोधन, मधेश मुद्दादेखि संवैधानिक निकायका अधिकारमाथि प्रधानमन्त्रीबाट भएको हस्तक्षेपबारे उल्लेख छ। बैठक आजै सकिने सम्भावना छैन। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.