गणेश पूजामा ३११ किलोको लड्डु
सिरहा : १ किलो, २ किलो अथवा त्यो भन्दा धेरै तौलको लड्डु भगवानलाई चढाउने कुरा नौलो होइन। तर, यसपालि सिरहामा ३११ किलोको लड्डु गणेशलाई चढाइएको छ।
सदरमुकाममा प्रत्येक वर्ष गणेश चर्तुर्थीको अवसरमा मेला आयोजना गरिन्छ। यहाँ हरेक वर्ष एउटै तर ठुलो लड्डु बनाएर चढाउने गरिन्छ। महाविर चोकको लक्ष्मीनारायण मन्दिर परिसरमा गत वर्षभन्दा ५० किलो बढी तौलको लड्डु चढाइएको आयोजक गणेश पूजा मेला महोत्सव समितिका अध्यक्ष किरण प्रधानाङले जानकारी दिए।
सिरहामा विगत पाँच वर्षदेखि गणेश मेला महोत्सवको आयोजना गर्दै आएको छ। प्रत्येक वर्ष एउटा ठूलो लड्डु बनाउने गरिन्छ। चौंथो पटक २५१ किलोको एउटै लड्डु बनाइएको थियो। मेला समितिका अध्यक्ष प्रधानाङले प्रत्यक वर्ष लड्डुको आकार बढाउँदै लगिएको जानकारी दिए।
ठुलो आकारको एउटै लड्डु यो वर्ष मेलाको मुख्य आर्कषण भएका छन्। ५० हजारभन्दा बढी श्रद्धालु भक्तजनले दर्शन गर्ने अनुमान आयोजकले गरेको छ। मेला भर्न सिरहा, धनुषा र सिमावर्ती भारतीय बजारबाट पनि श्रद्धालु भक्तजन आउने गरेका छन्।