ऋषेश्वर महादेवमा ऋषि पञ्चमी मेला (तस्बिर)
![ऋषेश्वर महादेवमा ऋषि पञ्चमी मेला (तस्बिर)](https://annapurnapost.prixacdn.net/media/albums/rishi-panchami-cover_20190903121114_wZR2XqfM4j.jpg)
काठमडौं : राजधानीको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमी मेला लागेको छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। तीज व्रतको पारायण मंगलबार बिहान भएको छ।
भाद्र शुक्ल तृतीया र चतुर्थीका दिन पर्ने पर्व विधिपूर्वक समापन गरेका महिला भक्तजनले भने स्नान गरी ऋषि पञ्चमीको कर्म गर्न थालेका छन्।
व्रत समापनका दिन मङ्गलबार परेकाले पनि गणेश मन्दिरमा भक्तजनको भीड देखियो। मङ्गल चतुर्थी पर्व नपरेका बेला पनि मङ्गलबार सबै गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। तस्बिर : सुनिता डंगोल
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)