लोक स्टारमा अब टपटेनको प्रतिस्पर्धा

लोक स्टारमा अब टपटेनको प्रतिस्पर्धा

काठमाडौं : रियालिटी शो आइ.एम.इ.नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ। यस रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ। आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैंया लागत रहेको छ।

७ प्रदेशका मुख्य सहरहरु धनगढी , सुर्खेत , बुटवल , जनकपुर , इटहरी , पोखरा र काठमाडौंमा आयोजना गरिएको ओपन अडिशनमा हरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाल निर्णायक अडिशन प्रवेश गरे। निर्णायकहरुले एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए।

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए। यस कार्यक्रमको एपिसोड १३ टपमा १६ छनोट भएका थिए, एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए। एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो। भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन्।

 
टप–टेनमा बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही ),शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन्।

प्रत्येक बिहीबार र शुक्रबार बेलुकी ८:३० बजे ए.पी.वान एच.डी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइ.एम.इ.नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख, द्वितीय पुरस्कार २५ लाख रहेको छ भने तृतीय पुरस्कार१० लाख रहेको छ। साथै तीनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ। कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.