सिंगापुरमा उपचाररत प्रधानमन्‍त्रीसँग दोस्रो पटक मन्त्रीको छलफल

सिंगापुरमा उपचाररत प्रधानमन्‍त्रीसँग दोस्रो पटक मन्त्रीको छलफल

काठमाडौं : सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद्का सदस्यले दोस्रो पटक गफगाफ गरेका छन्। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार मन्त्रिपरिषद्का सदस्यले टेलिप्रिजेन्स प्रविधिमार्फत दोस्रो पटक प्रधामन्त्री ओलीसँग गफगाफ गरेका हुन्। उनले प्रधानमन्त्रीसँग सरकारका कामबारे छलफल भएको जानकारी दिए । 

कुराकानीमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य ठीक भएको जानकारी गराएका छन्। यताबाट मन्त्रिपरिषद् सदस्यले सरकारका कामबारे जानकारी गराएका छन्। ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत आज दोस्रो चोटी  आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नुभयो’, रिमालले ट्विटमा लेखेका छन्। 
यसअघि प्रधानमन्त्री ओलीले पहिलो पटक भदौ ९ गते मन्त्रिपरिषद् सदस्यसँग टेलिप्रिजेन्स प्रविधिमार्फत् कुराकानी गरेका थिए। भदौ ९ को भिडियो कन्फरेन्स विवादमा तानिएको थियो। सुरुमा भिडियो कन्फरेन्सबाटै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेको खबरले चर्चा पाएपछि यो विषय विवादमा तानिएको थियो। 

यस विषयमा अन्नपूर्णसँग कुरा गर्दै नेकपा महासचिव विष्णु पौडेलले त्यो भिडियो संवादमात्र भएको बताएका थिए।  ‘यो विषयमा सही सूचना सम्प्रेषण नभएको हो कि झैं लाग्छ। त्यो त मन्त्रिपरिषद्को बैठक नभएर प्रधानमन्त्री, कार्यवाहक प्रधानमन्त्री तथा मन्त्रीहरूको भिडियो संवाद थियो’, अन्नपूर्णसँगको विशेष कुराकानीमा पौडेलले भनेका थिए, ‘प्रधानमन्त्रीले मन्त्रीहरूसँग अपडेट लिनुभएको हो।’

बिहीबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालेसमेत सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै  भएको दाबी गरेका थिए।

उनले त्यो संवाद मन्त्रिपरिषद् नभएर ‘हाइ हेल्लो’ मात्र भएको प्रष्ट पारे। उनले यो विषयमा भ्रम फैलाउनुपर्ने आवश्यकता नभएको भन्दै मिडियाप्रति आक्रोश व्यक्त गरेका थिए। 

‘यहाँ कुनै सुरक्षाको प्रश्न छैन। हामी आफैँ पनि व्यक्तिगत रुपमा भिडियो कन्फरेन्स गर्न सक्छौँ। तर, यहाँ प्रधानमन्त्रीले मन्त्रीसँग कुरै गर्नु हुँदैन भनेजस्तो गरियो’, उनले संसदमा भनेका थिए, ‘प्रधानमन्त्रीको देशभक्तिको आस्थामाथि नै प्रश्न उठाउने काम भएको छ। यो ठिक छैन।’ 

भदौ ९ गते ओलीको अफिसियल ट्विटमा भने भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक भनेर लेखिएको थियो। ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो’, प्रधानमन्त्रीको ट्विटमा लेखिएको थियो, ‘मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद। प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.