बुबाआमाले गाली गरेपछि बालकले गरे आत्महत्या
वीरगन्ज : बुबाअमाले गाली गरेकै निहुमा १४ वर्षे बालकले आत्महत्या गरेका छन्। वीरगन्ज महानगरपालिका-२०स्थित अपौनीका गोविन्दप्रसाद चौरसीयाले सोमबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन्।
गोविन्द घरभित्रको बलोमा झुण्डिरहेको देखेपछि उनका बुवाले पासो खोलेर उपचारका लागि नारायणी अस्पताल पुयाएका थिए। अस्पताल पुर्याएपछि पनि चिकित्सकले गोविन्दलाई मृत घोषणा गरेका थिए।
बालकको शव मंगलवार नारायणी अस्पतालमा पोष्टमार्टम गरी अभिभावकको जिम्मा लगाइएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
जिद्धी, पढ्न रुची नदेखाउने र भनेको कुरा पनि नमान्ने स्वभाव गोविन्दको रहेको अभिभावले प्रहरी समक्ष बताएका छन्। सोमबार भनेको नमानेपछि बुबाआमाले उनलाई गाली गरेका थिए।