गाउँले र प्रहरीबीच विवाद बढ्दा प्रहरीले गर्यो हवाइ फायरिङ
जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहर्निया-५ मा गाउँलेहरु र प्रहरीबीच विवाद बढ्दै जाँदा प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।
गाउँमै मोटरसाइकल चोरी गर्नेलाई गाउँलेले भगाउन खोजेपछि विवाद बढेको थियो । मोटरसाइकल चोरी गर्ने गिरोहलाई समाउन सदा पोसाकमा विशेष प्रहरी खटिएको थियो ।
गाउँलेहरुको भीडले प्रहरी टोलीलाई झुक्याउँदै चोरलाई भगाएको बताइएको छ । चोरीको मोटरसाइकल खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली यहाँ खटिएको थियो ।