हिजो नजाने भनेका बामदेव आज सिंगापुर जाँदै

हिजो नजाने भनेका बामदेव आज सिंगापुर जाँदै

काठमाडौं : सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ दल नेकपाका संगठन विभाग प्रमुख बामदेव गौतम त्यसतर्फ जाँदैछन्। बुधबार दिउँसो १ बजे उनी सिंगापुर जान लागेको गौतमनिकट प्रेस संगठनका नेता विश्वमणी सुवेदीले जानकारी दिए। 

उनका अनुसार प्रधानमन्त्री ओलीले टेलिफोनमार्फत बोलाएपछि गौतम सिंगापुर जान लागेका हुन्। सुवेदीले राजनीतिक छलफल र स्वास्थ्य लाभको कामना गर्न गौतम सिंगापुर जान लागेको बताए। उनले भने 'महासचिव गएपछि संगठनका सबै जानु आवश्यक नठानेर हिजो जानुभएन। प्रधानमन्त्रीले नै बोलाएपछि आज जान लाग्नुभएको हो।'

गौतम मंगलबार सिंगापुर जान लागेको चर्चा मिडियामा भएपनि जाने कुनै कार्यक्रम नभएको गौतमको स्वकीय सचिव दीपक टमाटाले बताएका थिए। ओलीलाई भेट्न मंगलबार सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल गएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ। मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो। ‘शरीरमा बढेको एन्टिबडी निष्कासन गरिएको हो। यसका साथै शरीरमा अरू एन्टिबडी बन्न नदिने हो। एन्टिबडी बढ्दै गएपछि खराबी हुन सक्छ’, डा. शाहले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.