‘गलबन्दी’मा ११ वर्षे कमलाको धमाकेदार दोहोरी (भिडियो)

‘गलबन्दी’मा ११ वर्षे कमलाको धमाकेदार दोहोरी (भिडियो)

धादिङ: दोहोरी गीत त्यो पनि ‘लाइभ’ गाउन जो कोहीले सक्दैन। तर धादिङ नीलकण्ठ नगरपालिका– १२ की ११ वर्षीया बालिकाले प्रत्यक्ष दोहोरी गाउँदै सबैलाई चकित पारिन्। 

नीलकण्ठ नगरपालिका–१२ को पशुपति माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत कमला घिमिरेले तीजको अवसरमा आयोजित तीज गीत प्रतियोगिताको कार्यक्रममा दोहोरी गाएकी हुन्। 

स्थानीय प्रगतिशील आमा समूहले तीज गीत प्रतियोगिता आयोजना गरेको थियो। कमलाले प्रतियोगिताका निर्णायक तथा गायक अमृत सापकोटासँग अहिलेको चर्चित दोहोरी ‘गलबन्दी’ भाकामा दोहोरी गाएकी हुन्। 

गायक सापकोटाले भने, ‘मैले कार्यक्रममा एक दुईवटा गीत गाएको थिएँ, त्यो सुनेर उनले मसँग दोहोरी गाउने कुरा ठुलोममी मार्फत सुनाइन्।’ सुरुमा सानी नानी के गीत गाउलिन् र भन्ने लागेको भएपनि गीत सुरु गर्दादेखि नै आफू चकित भएको गायक सापकोटाले बताए।

कमलाले गाएको दोहोरी युट्युब च्यानलहरूले अपलोड गरेपछि उनको चर्चा भइरहेको छ।  दोहोरी चर्चित भएपछि उनलाई युट्युबरहरूले पच्छ्याउन थालेका छन्। चौतारीको वर भाकामा उनको अर्को दोहोरी पनि मंगलबार मात्रै युट्युबमा सार्वजनिक भएको छ।

विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयमा आयोजना हुने गीत प्रतियोगितामा कमलाले जहिले पनि पुरस्कार जित्ने गरेको बताए। 

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुने गरेको उनको परिवारले जनाएको छ।

भिडियो:


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.