सुनको भाउ फेरि बढ्यो, तोलाकै पुग्यो ७३ हजार ५ सय
काठमाडौं : बुधबार सुन तोलामा १ हजारले बढेको छ। आज सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा ७२ हजार ५ सय रुपैयाँमा किचबेच भएको थियो।
आइतबार र सोमबार ७२ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५ सयले बढेको थियो।
यस्तै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भइरहेको छ।