मिसेस नेपाल इन्टरनेसनलमा ३६ प्रतिस्पर्धी

मिसेस नेपाल इन्टरनेसनलमा ३६ प्रतिस्पर्धी

काठमाडौं : रिबन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौं संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना विभिन्न पेसाकर्मी र गृहिणी अन्तिम स्पर्धाका लागि छानिएका छन् ।रमाइलो एचडीको सहकार्यमा हुने यस वर्षको प्रतियोगिता लैंगिक असमानताविरुद्धको अभियान भन्ने मूल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी दिए ।

प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भाविश कोइराला, शवनम खरेल, रंगीना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, बिना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सिर्जना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, सुशीला श्रेष्ठ, प्रतिमा मल्ल, शिल्पी गुप्ता, नीरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाईं, रूपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, आराधना शाह, सुशीला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्न पाउने भएका छन् ।

प्रतियोगितामा सामेल महिलाले ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगीलाई पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, कलाकारहरू वीरेन्द्र हमाल, सञ्चिता लुइँटेल, ब्युटिसियन सुष्मा महरा, शिक्षासेवी पूर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवक्ता तथा कलाकार कृष्ण ढुंगाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धीरेन्द्र पे्रमर्षि, व्यवसायी अनुप के बराललगायतबाट कक्षा लिइने आयोजकले जानकारी गराएका छन् । अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा विजेताले नेपालका तर्पmबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसर प्राप्त गर्नेछिन् । त्यस्तै प्रथम दोस्रो र तेस्रो उपविजेताले विभिन्न अवसरका साथै अन्तर्राष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने आयोजकले जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.