घरेलु व्यवसाय संकटमा

घरेलु व्यवसाय संकटमा

सिरहा : लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाहीकी ५७ वर्षीया पार्वती चौधरी घरमै सिकी, मुज, मकैको खोस्टा, मोथी, फाकल पातका विभिन्न घरेलु सामग्री तयार गर्छिन्। उनी ब्याग, फ्रुट बास्केट, पेन होल्डर, जुलरी बक्स, पौती, ब्रेड बास्केट, वास पेपर बास्केट र डस्टबिन बनाउँछिन्। तर, समाजमा जति आधुनिकता बढ्दै गयो उनको व्यवसाय पनि संकटमा पर्दै गएको छ। २३ वर्षदेखि उनी यो व्यवसाय छन्।

२०५२ सालमा घरेलु वस्तुबाट विभिन्न सामग्री बनाउने तालित लिइन्। काठमाडौंमा तीन महिना तालिम लिएर गाउँ फर्केकी उनले अरु महिलालाई सिकाइन्। त्यसपछि महिलाहरू मिलेर ०५४ सालमा रामजानकी महिला बचत ऋण सहकारी स्थापन गरे। महिलाहरू दिनभर घरको काम पनि गर्ने र फुर्सदमा आयआर्जनका लागि घरेलु वस्तुबाट विभिन्न सामग्री बनाउने थाले। उनीहरूले उत्पादन गरेको वस्तु एक ठाउँमा जम्मा गर्थे। काठमाडौंको बिन कोपरेटिभलाई बेच्थे। तर, घरमै बसेर राम्रो आम्दानी गर्ने महिलाको व्यवसाय अहिले संकटमा परेको छ। सहकारीले पनि समान किन्न छाडिसकेको छ।

बजारमा महँगी बढ्दै गएको छ। उनीहरूलाई सामग्री बनाउन परिश्रम धेरै लाग्छ। स्थानीय बजारमा उनीहरूले उत्पादन गरेको सामग्रीको बजार छैन। बाहिर पनि कामअनुसार बजार भाउ पाउन छाडेपछि उनीहरूले व्यवसाय नै छाडेका छन्। ‘पटेर र मुज बाहिरबाट ल्याउँथे। ढुवानी र खरिदमा पैसा लाग्थ्यो। मेहनत गरी सामग्री उत्पादन गर्थे’, पार्वतीले भनिन्,‘उत्पादन गरेको वस्तु किन्न संस्था थियो। पुँजी पनि दिन्थ्यो। तर, अहिले न पुँजी छ न त किन्न संस्था।

महिला बेरोजगार भएका छन्।’ मेहनतअनुसार सामान बिक्री भए महिला पुनः यही व्यवसायमा फर्किने उनले सुनाइन्। ‘आफू त बाँचेसम्म यही काम गर्ने निधो गरेकी छु। सँगै १५ जना महिलासाथी तलिम लिएका थिए। काम पनि गरेका थिए। अहिले उनीहरू काम गर्न छाडेका छन’, उनले भनिन, ‘आधुनिकताले घरेलु उद्यमी महिलाको व्यवसाय नै संकटमा पारेका छन्।’ बजारमा रेडिमेट वस्तुमा मानिसको आकर्षण बढेकाले घरेलु उत्पादन प्रतिस्पर्धा गर्न नसकेको उनले सुनाइन्।

कमला र कोसीबाट पटेर र पहाडबाट मुज ल्याएर उनीहरू ब्याग, फ्रुट बास्केट, पेन होल्डर, जुलरी बक्स, पौति, ब्रेड बास्केट, वास पेपर बास्केट र डस्टबिन बनाउने गर्थिन्। सुरुको वर्षदेखि ०६० सालसम्म राम्रै व्यवसाय चलेको थियो। त्यसपछि व्यवसायमा कमी हुँदै गयो। लक्ष्मीपुर पतारी, खरुकियाही, पडरिया, गोलबजारलगायतका करिब सयभन्दा बढी महिला यो व्यवसाय सिकेको र गरेको पार्वतीले बताइन्। ‘धेरै महिला यही व्यवसायको कमाइले छोराछोरी पढाए। आयआर्जन गरेका छन्’, उनले भनिन,‘अहिले उनीहरू बेरोजगार भएका छन्।’ पार्वतीले पनि यही व्यवसायको कमाइले छोरी ज्ञानु चौधरीलाई बीएडसम्ममा शिक्षा दिएर बिहे गरिन्।

छोरा सन्तोष चौधरी अहिले कम्प्युटर इन्जिनियर पढिरहेको उनले सुनाइन्। चितवन माइत भएकी उनी बिहे गरेर सिरहा आउँदा यताका गाउँघरको भाषा पनि बुझ्दैन्थ्यो। त्यतिबेला छोरालाई पढाउने र छोरीलाई नपढाउने चलन जस्तै गाउँघरमा थियो। तालिम दिने संस्थाले नेपाली भाषा बुझ्ने र अलिअलि पढेको देखेर तालिम आफूलाई छनोट गरेको पार्वतीले सुनाइन्। यसपछि शिक्षित नभएपनि महिला आयआर्जनमा लागेका थिए। पार्वती ०७५ सालमा काठमाडौंको भृकृटीमण्डममा भएको उद्यमी मेलामा उत्कृष्ट महिला उद्यमी सम्मान पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.