मेसी र रोनाल्डोमा को उत्कृष्ट ?

मेसी र रोनाल्डोमा को उत्कृष्ट ?

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी र उनका प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस झण्डै एक दशकदेखि हुँदै आएको छ। समान पाँच पटक वर्षको उत्कृष्ट खेलाडी बन्दै बालोन डिओर जितेका र मैदानमा पनि बराबरी रहेका यी दुवैलाई यो समयको सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा चिनिन्छ।

तर, रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोभन्दा मेसी उत्कृष्ट रहेको बताएका छन् र उनको यही भनाइका कारण फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर पेरेजसँग रिसाएका छन्। ब्लाटरले फोन गरेर पेरेजसँग असन्तुष्टि पोखेका छन्। ब्लाटरले मेसी जस्तोसुकै आमाले आशा गर्न सक्ने बालकजस्तो र रोनाल्डो रोबोटजस्तो गुण भएका खेलाडी भन्दै आएका छन्। फोनमा ब्लाटरले यही कुरा सम्झाएको र मेसी उत्कृष्ट भन्ने भनाइबाट रोनाल्डो खुशी नभएको जानकारी गराएको पेरेजले स्पष्ट पारे। 

दुवै जना खेलाडी अझै पनि बालोन डिओरको दौडमा रहेको र भोलि जुनसुकै खेलाडीले पनि यो अवार्ड जित्न सक्ने हुँदा अहिले नै मेसी उत्कृष्ट भन्न नहुने ब्लाटरको सुझाव छ। ब्लाटरले अबका दिनमा खेलाडीका बारेमा बोल्दा उनीहरूलाई पर्न सक्ने असरप्रति ध्यान दिन पनि सुझाव दिएको पेरेजले जानकारी दिए। 

मेसी बार्सिलोनाका नायकका रूपमा चिनिन्छ। ३२ वर्षका उनले यस क्लबका लागि १० पटक ला लिगा, चार पटक च्याम्पियन्स लिग, छ पटक कोपा डेल रे, सात पटक स्पेनिस सुपर कप, तीन पटक यूईएफए सुपर कप र तीन पटक फिफा क्लब वल्र्ड कप उचालेका छन्। तर, उनले अर्जेन्टिनाका लागि भने कुनै उपाधि जित्न सकेका छैनन्। 

युभेन्टसका स्टार रोनाल्डो युरोपका शीर्ष पाँच लिगमध्ये तीन लिग जित्ने पहिलो खेलाडी हुन्। उनले म्यानचेस्टर युनाइटेडमा रहेर तीन पटक प्रिमियर लिग, रियल मड्रिडमा रहेर दुई पटक ला लिगा, युभेन्टसमा रहेक एक पटक सिरी ए उपाधि उचालेका छन्। उनले पाँच पटक च्याम्पियन्स लिग, दुई पटक यूईएफए सुपर कप र दुई पटक कोपा डेल रे कप पनि जितेका छन्। उनले पोर्चुगलका लागि एक पटक युरो कप पनि उचालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.