प्रतिनिधिसभा बैठकमा के हुँदैछ (लाइभ)
काठमाडौं : बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु भएको छ।शून्य समयमा सांसदहरुले बोल्ने क्रम सुरु भएको छ। बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यूसूची रहेको छ।
यस्तै आजको कार्यसूचीमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शिक्षासम्बन्धी केही नेपाल एेन संशोधन गर्ने विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने रहेको छ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको औद्योगिक व्यवसाय विधेयक २०७५ माथि छलफल गरियोस् र औद्योगिक व्यवसाय विधेयक २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।