एलजीले नेपाली बजारमा ल्यायो ३ माेडेलका नयाँ टेलिभिजन
काठमाडौं : एलजी टेलिभिजनले ओएलघईडी टिभी सार्वजनिक गरेको छ। सानेपास्थित होटेल भिभान्तामा बुधबार आयोजित पत्रकार सम्मेलनमा एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो।
सीजीले एलजी ओएलइडी, एलजी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ माेडेलका टेलिभिजन सार्वजनिक गरेको छ। पहिलो, एलजी ओएलइडी टेलिभिजन नविन प्रविधिमा आधारित टिभी हो। जसको मोटाई ४.३३ एमएम छ। कम्पनीका अनुसार यो टेलिभिजन नपत्याउने गरी हलुको र पातलो छ।
यसमा नयाँ बनोटमा आधारित यो टिभीमा आर्टिफिसियल इन्टिलेजेन्स प्रविधि जडान गरिएको छ। जसमार्फत् टेलिभिजन बोलीको भरमा चलाउन सकिन्छ। यसका लागि गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा प्रविधि जडान गरिएको छ। जसको सहायताले टेलिभिजन सञ्चालन गर्नका लागि आवाज मात्रै निकाले पुग्छ। जसलाई रिमोर्टमै सुविधा थप गरिएको छ।