गौहत्या गर्नेलाई किन कारवाही भएन ?

गौहत्या गर्नेलाई किन कारवाही भएन ?

काठमाडौं :  नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालगन्जबाट सुर्खेतको भीरबाट खसालेर गाई मारिनु जगन्य अपराध भन्दै कारवाहीको माग गरेकी छन्।

उनले बुधबारको प्रतिनिधसभा बैठकको विशेष समयमा बोल्दै नियोजित ढंगले नेपालगन्जबाट गाई लगेर दैलेखको जंगलको भीरबाट खसालेर मारेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद संग्रौलाले नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको धार्मिकस्थलका लागि भन्दै २९० वटा गाई पठाएको र ती गाईमध्ये जंगलको भीरबाट खसाल्दा २४ वटा मरेको र सयौं घाइते अवस्थामा भेटिएको भन्दै गौहत्याको घोर भत्सना गरिन्।

उनले उक्त घटनामा संलग्नलाई किन कारवाही नगरिएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, 'घटनामा संलग्नलाई अहिलेसम्म किन कारवाही गरिएको छैन? छानविन समितिले के गर्दैछ? यसको छिटोभन्दा छिटो सत्य तथ्य बाहिर ल्याउनुपर्‍यो।'

'गाई नेपालको धर्म, परम्परा र संस्कृतिसँग गाँसिएको छ। नेपालको कानुनले गौहत्यालाई जगन्य अपराध ठहराएको छ,'उनले भनिन्, 'जगन्य अपराध गर्नेलाई किन कारवाही हुँदैन।'

उनले खोटाङमा कुकुर मारेको प्रशंग उठाउँदै भनिन्,' खोटाङको मजुवा नगरपालिककाका मेयरले आफैले पैसा दिएर कुकुर मार्न लगाएको कुरा बाहिर आएको छ। पशुअधिकारवादीहरुले कुरा उठाइरहेका छन्। कुकुर मार्ने काम बन्द गरियोस्। पशुअधिकारको कुरा सरकारले सुनिदेओस्।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.