भिडियो कन्फरेन्सबाट शासकीय जिम्मेवारी पूरा हुँदैन : थापा

भिडियो कन्फरेन्सबाट शासकीय जिम्मेवारी पूरा हुँदैन : थापा

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट देश चलाएर शासकीय जिम्मेवारी पूरा नहुने बताएका छन्।  प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण गराएका हुन्।

  
‘प्रधानमन्त्रीले पटकपटक विदेशमा गएर आराम गर्दै उपचार गर्नुपर्ने भयो भने के गर्ने ?’, बैठकमा नेता थापाले भने,‘प्रत्येक २–३ महिनामा १०–१२ दिनका लागि विदेश गएर भिडियो कन्फरेन्सबाट मन्त्रीको ब्रिफ्रिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुँदैन।’ 
 
कार्यकारिणी प्रमुख एकैपटक लामो देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादा आदिमा जोखिम हुनेसमेत उनले प्रष्ट पारे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी सरकारले संसदलाई नगराएको प्रति थापाले आपत्ति जनाए । प्रधानमन्त्रीको अधिकार बढेका बेला प्रधानमन्त्री लामो समय यसरी विदेश बस्नु राम्रो नहुने उनको भनाइ छ । 

‘संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित छ र मन्त्रिपरिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ,’ थापाले भने,‘संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ। प्रधानमन्त्री सेरोमोनियल पोजिसन होइन, डे टू डे उहाँले काम गर्नुपर्छ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.