पत्रकार रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई संविधान उपहार

पत्रकार रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई संविधान उपहार

बागलुङ : पोखराका पत्रकार ओम हमाललाई सर्वोच्च अदालतको आदेश विपरित पुनः पक्राउ गरिएको विरोधमा संविधान उपहार पठाइएको छ। 

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बुधबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत सांकेतिक विरोध स्वरुप नेपालको संविधान र ज्ञापनपत्र उपहार पठाएको हो।
 

हमाललाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ पुर्जी देखाएर सर्वोच्च परिसरबाटै अमानवीय ढंगले प्रहरीले पुनः पक्राउ गरेको थियो। 

प्रहरीको गैर कानुनी पक्राउ आतंक बन्द गरी कानुनी राज्य, सर्वोच्च अदालतको आदेशको सम्मान गर्न तथा मानव अधिकारको रक्षार्थ सांकेतिक विरोध स्वरुप संविधान उपहार पठाइएको पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापाले बताए। 

लामो समयदेखि भ्रष्टाचार, अन्याय, अत्याचार र बेथितिका विरुद्द निरन्तर कलम चलाउदै आएका पत्रकार हमालको निशर्त रिहाइको महासंघले माग गरेको छ। 

मूलधारको पत्रकारिता गरिरहेको व्यक्तिलाई विचार र आस्थाकै आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक प्रयोगविरुद्धको ज्यादती भएकाले विरोध गर्नु परेको सचिव थापाले बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.