कतार विश्वकप छनोट : बिहीबार कुवेतसँग भिड्दै नेपाल

कतार विश्वकप छनोट : बिहीबार कुवेतसँग भिड्दै नेपाल

काठमाडौं :  सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।  प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्।

प्रशिक्षक कालिनले घोषणा गरेको टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन्। रक्षकहरूमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन्। 

यसैगरी मिडफिल्डरमा रोहित चन्द, सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजलश्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन्। स्ट्राइकरमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्।

विश्वकपअन्तर्गत दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै बलियो अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। नेपालले कुवेतसँग बिहीबार उसैको मैदानमा खेल्दै छनोटको सुरुआत गर्नेछ। होम एन्ड अवेका आधारमा खेलाइने छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म चल्नेछ। नेपालले कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा खेल्नेछ। नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ।

नेपालले चाइनिज ताइपेईसँग सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दोस्रो खेल खेल्नेछ। समूह चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिखमा उसैको मैदानमा र सन् २०२० को मार्च ३१ तारिखमा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ। 

एसियाली फुटबल महासंघ (एएफसी) ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन्। 

प्रशिक्षक कालिनले सक्दो राम्रो नतिजाको लागि खेल्ने बताएका छन्। ‘कुवेतको टोली राम्रो छ। यहाँको खेल पूर्वाधार पनि स्तरीय छ’, कतारबाट उनले भने, ‘हाम्रा खेलाडीको तयारी राम्रो छ। हामी सक्दो राम्रो खेल्ने प्रयास गर्नेछौँ।’ यो बीचमा धेरै खेल खेल्ने अवसर नपाए पनि खेलाडीको मनोबल उच्च भएको उनको भनाइ छ। उनले नेपाली खेलाडीले डिफेन्समा बढी ध्यान दिएको बताए। 

कप्तान चेम्जोङले कुवेत राम्रो टोली भएको बताए। ‘कुवेत राम्रो टोली हो। उनीहरुको विगतको प्रदर्शन पनि राम्रो छ’, उनले भने, ‘यसबीचमा हामीले दुई मैत्रीपूर्ण खेल खेलिसकेका छौँ। भोलिको खेलमा हामी कुवेतको सामना गर्न तयार छौँ।’ 

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिपेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

नेपाल र कुवेतको ‘हेड टु हेड’ 
सन् १९८२ मा ३–१ ले गुमाएको,
सन् १९८६ मा ५–० ले गुमाएको,
सन् १९९४ मा ८–० ले गुमाएको,
सन् २००० मा ५–० ले गुमाएको,
सन् २०१९ मा गोलरहित गुमाएको । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.