भारत–रूसबीच १३ सम्झौता
![भारत–रूसबीच १३ सम्झौता](https://annapurnapost.prixacdn.net/media/albums/modi-putin_20190905030659_k8R0QqgFZi.jpg)
व्लादिवोस्तोक : रूस र भारतबीच बुधबार १३ वटा सम्झौता भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौतामा हस्ताक्षर गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदी पूर्वी आर्थिक मञ्चमा सहभागी हुन रूस भ्रमणमा छन्। दुई देशले रक्षा, ऊर्जा, प्रविधि, अन्तरिक्ष लगायतका महत्वपूर्ण विषयमा सम्झौता गरेका हुन्। रूसले मोदीलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ सेन्त एन्ड्रू द अपोस्तल’ सम्मान प्रदान गर्ने भएको छ। मोदीले भने, ‘अन्तरिक्षमा आपसी सहयोगले नयाँ शिखर छुँदै छ। गगनयान अर्थात् भारतीय ह्युमन स्पेस फ्लाइटका लागि भारतीय खगोलविद्ले रूसमा प्रशिक्षण लिनेछन्।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पेट्रोल, ग्याँस उत्खनन, सुरक्षा, हवाई र समुद्री सम्बन्ध, आणविक ऊर्जा, यातायात पूर्वाधार, व्यापार र लगानीसम्बन्धी वार्ता भएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)