खुल्न थाले हिंसा पीडित महिला

खुल्न थाले हिंसा पीडित महिला

भैरहवा : रुपन्देहीको गैडहवा गाउँपालिका–७ की २४ वर्षीया मन्नतुन निशा विगत एक वर्षदेखि घरेलु हिंसा सहँदै आएकी थिइन्। मादक पदार्थ सेवन गरेर पति ग्यासुद्दिन मुसलमानले प्रायः दिनुहँ कुटपिट गर्थे।

मुस्लिम परिवारकी निशाले सामान्य लेखपढ गरेकी छन्। लामो समयसम्म सहँदा पनि पतिले कुट्न नछोडेपछि उनी खुलेरै विरोधमा उभिक्ष्इन्। प्राय मुस्किल परिवारमा पतिका विरुद्ध महिलाहरु खुलेर विरोध गर्न सक्दैनन्।

जति सम्झाउँदा पनि हिंसा गर्न नछोडेपछि महिलाहरु सामाजिक मूल्यलाई तोड्दै प्रतिरोधमा उभिएका छन्। निशाले घरेलु हिंसा पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पतिविरुद्ध मुद्दा दर्ता गराइन्। अहिले यो मुद्दा जिल्ला अदालत रुपन्देहीमा विचाराधीन अवस्थामा छ। सिद्धार्थनगर नगरपालिका–६ की सबरुन निशा पनि पतिले नियमित कुट्न थालेपछि न्यायका लागि प्रहरीको शरणमा पुगिन्।

उनका पति आविद अलीलाई पिट्नका लागि कुनै निहँु चाहिदैन थियो। दुई पटकसम्म जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन्। प्रहरीले उनको सहमतिमा मेलमिलाप गरेर पठायो। प्रहरीसमक्ष हिंसा नगर्ने प्रतिबद्धता गर्ने तर फर्केपछि दिनहुँ राति मदिरा सेवन गरी कुट्ने क्रम नरोकिएपछि सबरुन अदालतमै पुगिन्। उनीहरुको मुद्दा पनि अदालतमा विचाराधीन नै छ।

यी प्रतिनिधीमुलुक घटना मात्र हुन्। विगतमा जति हिंसा भए पनि सहेरै बस्न बाध्य महिलाहरु करिब एक वर्षयता हिंसा विरुद्ध आवाज उठाउन थालेका छन्। ग्रामीण क्षेत्रका महिलाह श्र घरको कुरा प्रहरी कार्यालयसम्म पर्‍याए समाजमा परिवारको इज्जत जाने भन्दै कुण्ठा पालेर बीने गर्थे। पछिल्लो समय शिक्षा र चेतनाको विकासले ग्रामीण महिलाहरु हिंसाविरुद्ध खुल्न थालेका हुन्। विभिन्न अभियानका प्रभावले महिलाहरु आफूमाथि भएका हिंसाविरुद्ध न्याय माग्दै प्रहरी र अदालतसम्म पुग्न सक्षम भएका छन्।

घरेलु हिंसामा सबैभन्दा मधेसी र मुस्लिम महिला पर्ने गर्छन्। त्यसमा पनि मुस्लिम महिलाहरु त आफूमाथि जति नै अन्याय भए पनि खुल्न सक्दैनन्। एकाधबाहेक अन्य मुस्लिम समुदायका महिलाहरुका लागि प्रहरी र अदालतसम्म पुग्नु आफ्नो जीवनको बर्बादी जस्तै मानिन्छ। ‘अहिले उनीहरुमा चेतना बढ्दै गएको छ। हिंसामा परेका मधेसी वा मुस्लिम महिलाहरु कार्यालयमा उजुरी दर्ता गरिदिनुस, उजुरी कहाँ, कसरी लेखाउने हो भन्दै एक्लै आइरहेका छन्’ जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला तथा बालबालिका शाखाकी प्रहरी सहायक निरीक्षक मिना आचार्यले भनिन्।

उनका अनुसार विगतमा घरेलु हिंसामा परेका मुस्लिम महिलाहरु महिनामा एकाध आउँथे भने अहिले चार÷पाँचजना आउँछन्। प्रहरीको तथ्यांकले पनि घरेलु हिंसा पीडित खुल्दै गएको देखाउँछ। आर्थिक वर्षमा ०७२÷०७३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा घरेलु हिंसाका १९७ घटना दर्ता भए। त्यस्तै ०७३÷०७४ मा २२८, ०७४÷०७५ मा २२७ र ०७५÷०७६ मा करिब दुई गुणा बढी ४२९ घटना दर्ता भएका छन्।

नेपाल प्रहरीको प्रहरी–समुदाय साझेदारी कार्यक्रमको प्रभावले हिंसामा परेमा महिलाहरु उजुरी दिनका लागि प्रहरी कार्यालयसम्म पुग्ने गरेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापा बताउँछन्। प्रहरीले सचेतना कार्यक्रमलाई ग्रामीण क्षेत्रमा केन्द्रित गरेका कारण घरेलु हिंसाविरुद्ध महिलाहरु खुल्दै आएको बताए। प्रहरी कार्यालयमा पहिलोपटक आएका पीडित महिलालाई नै प्राथमिकतामा राखेर काम गर्ने गरीएको एसपी थापाको दाबी छ।

‘चेतनाको कमीले घरेलु हिंसामा परेका महिला धेरै पीडा सहेर बस्न बाध्य थिए’ एसपी थापाले भने, ‘अहिले हामीले आफ्नो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरेपछि न्यायका लागि प्रहरी कार्यालयसम्म आउन सक्षम भएका छन्।’ प्रहरीका अनुसार कार्यालयमा हाल मदिरा सेवन गरी कुटपिट गर्ने, सासू ससुलाले हेला गरेका आदी पीडा लिएर महिलाहरु आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.