बुलबुल ओस्करमा सिफारिस

बुलबुल ओस्करमा सिफारिस

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । समितिको बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । समितिले तोकेको मितिमा बुलबुल मात्र सहभागी भएको थियो ।

बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । स्वस्तिमा खड्का र मुकुन भुसाल अभिनीत यो चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.