कुटनीतिक अपरिपक्वताले नेपाल-भारत सम्बन्धमा 'डाउन फल' आयो

कुटनीतिक अपरिपक्वताले नेपाल-भारत सम्बन्धमा 'डाउन फल' आयो

नयाँ दिल्लीः  भारतको कुटनीतिक अपरिपक्वताले गर्दा नेपाल-भारत सम्बन्ध तल पुगेको प्रोफेसर वीरेन्द्र कुमार(वीके) मलहोत्राले बताएका छन्। उनले कुटनीतिक अपरिपक्वताका कारण द्विदेशीय सम्बन्धमा डाउन फल आएको बताए।उनले भने, 'त्यसलाई सच्याउनु आवश्यक छ। नेपालको राजनीतिज्ञ र जनता के चाहन्छन् भन्ने कुरालाई कुटनीतिज्ञले बुझ्नु जरुरी छ।'

भारतको छिमेक 'पहिलो नीतिःसुशासनमा भारत-नेपाल सहयोग' विषयक एक छलफल कार्यक्रममा नयाँ दिल्लीमा प्रोफेसर मलहोत्राले अन्नपूर्णसँगको कुराकानीमा कुटनीतिक अपरिपक्वता जुनसुकै मुलुकमा पनि हुनसक्ने भन्दै यसलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिए।

नेपाल भारतबीच घनिभूत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भारतको विदेश नीतिमा भएको परिवर्तन जनताले समेत अनुभुत गर्नुपर्ने उनले औंल्याए। भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद(आईसीएसएसआर) सदस्य सचिव मलहोत्राले कुटनीति र विदेश नीतिमा भएको परिवर्तन उच्च तहमा त लागु भएको छ तर जनताको तहसम्म त्यसको प्रभाव देखिनु पर्ने बताए।

प्रधानमन्त्री मोदीले पहिलो कार्यकालदेखि नै छिमेकी मुलकलाई प्राथमिकतामा राखेका हुन्। भुटानको पहिलो तथा नेपालको दोश्रो भ्रमण गरेर उनले भारतको विकाससँगसँगै छिमेकी मुलुकको विकास पनि हुनुपर्छ भन्ने धारणा पस्केका थिए। तर उनकै कार्यकालमा नाकाबन्दीको नमिठो चोट नेपालले पायो ।द्विदेशीय सम्बन्धमा अविश्वास उत्पन्न भयो।

'तपाईको जुन मुलुकसँग यति निकट र गहिरो मित्रता छ,त्यो मुलकले तपाईसँगको सम्बन्धलाई घटाउँदै लगिरहेको छ, निकटता कम गर्दै गइरहेको छ। त्यसको केही कारण त पक्‍कै हुन्छ, त्यसलाई बुझ्नु जरुरी हुन्छ। त्यसले तपाईको समझदारीलाइ पनि दर्शाउँछ,' प्रोफेसर मलहोत्राले थपे।

भारतलाइ साँच्चै आफ्ना गल्तीको रियलाइजेसन भएको छ त भन्ने अन्नपूर्णको जिज्ञासामा मलहोत्राले भने, 'हो यहाँ त्यो रियलाइजेसन छ र निरन्तर कुराकानी र छलफल भइरहेको छ।'

कार्यक्रममा सहभागी नेपालका प्रोफेसर हिरेन्द्रमान प्रधानले नेपाल भारत ७० वर्ष लामो सम्बन्धकालमा दुवै देशले उच्चतम फाइदा लिन नसकेको बताए । उनले यति लामो समयावधिमा भारतले नेपालको श्रोत साधनको उच्चतम दोहन गर्न नसकेको औंल्याए। 

पंचेश्वर परियोजनाको उदाहरण दिँदै उनले भने, 'यो परियोजनाले दुवै मुलुकलाई उत्तिकै फाइदा हुन्छ तर बीस वर्षसम्म पनि परियोजना सुरु हुन सकेको छैन्।सानो चित्त राखेर दुवै पक्ष अडिएको हुँदा यो परियोजना अडकिएको छ। संचालनमा आइसकेको भए यसले नेपालको पनि आर्थिक विकासमा मदत पुग्थ्यो भने भारतलाई अझ बढी बिजुली र पानी दुवैका लागि फाइदा पुग्थ्यो।' 

नीति अनुसन्धान प्रतिष्ठान नेपालले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा सहभागी यी दुई वक्ताहरुले भारतको छिमेक नीतिको प्राथमिकता बारे बोल्दै यसबाट दुई देशको सम्बन्धलाई अझ बढी मजबुत र बिस्तार गर्दै लैजानुपर्ने धारणा राखे ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.