बेलायती प्रधानमन्त्रीका आफ्नै भाइले 'तनाब भएको' भन्दै राजीनामा दिए
![बेलायती प्रधानमन्त्रीका आफ्नै भाइले 'तनाब भएको' भन्दै राजीनामा दिए](https://annapurnapost.prixacdn.net/media/albums/jo-johnson_20190906093714_GPA9yxbCEE.jpg)
लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका आफ्नै भाइ जो जोन्सनले अचानक पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनले परिवारप्रतिको वफादारी र राष्ट्रिय हितलाई सँगै व्यवस्थापन गर्न कठिन भएपछि यस्तो निर्णय गरेको जनाएका छन् । यस्तो समस्यालाई उनले ‘समाधान हुनै नसक्ने तनाब’भन्दै सोही कारण राजीनामा दिन लागेको बताए ।
पछिल्लो समय प्रधानमन्त्री बोरिस र उनका भाइ जो महत्वपूर्ण राष्ट्रिय राजनीतिका मुद्दा समर्थन गर्ने सवालमा दुई कित्तामा उभिन थालेका थिए । बोरिसका भाइ जोले अचानक यातायात मन्त्रीको पद र सांसदको पदबाटै राजीनामा दिएका हुन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन्सनको राजीनामा संसदमा ‘कन्जर्भेटिभ’ पार्टीका लागि ठूलो नोक्सान भएको टिप्पणी गरेका छन् । साथै उनको राजीनामाले अरु धेरै मन्त्री र सांसदलाई पनि नैतिक संकट उत्पन्न गर्नसक्ने आंकलन गरिएको छ । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका उनी शिक्षा तथा पत्रकारिता क्षेत्रका विज्ञ पनि मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)