चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने भएका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङका अनुसार, नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवम् विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने भएका हुन्।

 
चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार, विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामावादमा शनिबार आयोजना हुने त्रिपक्षीय अफ्गानिस्तान(पाकिस्तान(चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुन पाकिस्तान जान लागेका हुन्। पाकिस्तानका विदेशमन्त्री मोइन कुरेसीको निमन्त्रणामा पाकिस्तानको भ्रमण गर्ने उल्लेख छ। सो वार्तामा भाग लिएपछि उनी नेपाल आउन लागेका हुन्। 

विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्ने चर्चा नेपाली मिडियामा केही दिनअघि नै छाएको थियो। उनको यो भ्रमणलाई चिनियाँ राष्ट्राध्यक्षको सम्भावित भ्रमणको तयारीको रुपमा नेपाली पक्षले लिएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.