तस्बिरमा श्रीलंकाविरुद्ध नेपालको ब्याटिङ

तस्बिरमा श्रीलंकाविरुद्ध नेपालको ब्याटिङ

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको चुनौती दिएको छ। नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन जोडेको हो। पानी परेपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो।

नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान गरे। उनले ८५ बलमा ४ चौका हिर्काए। ओपनर पवन सर्राफ ४ रनमा आउट हुँदा तेस्रो नम्बरमा आएका आसिफ शेख पनि ७ रनमै आउट भए। 
त्यसपछि आएका कप्तान रोहित पौडेल र रित गौतमले नेपालको इनिङ सम्हाले। रोहित अर्धशतक बनाउन ३ रनले चुके। उनी आशियन डानिएलको बलमा क्याच आउट भए। त्यसपछिका ब्याट्स्म्यान भने क्रिजमा टिक्न सकेनन्। आशा गरिएका खेलाडी हरिबहादुर चौहान १२ रन बनाउँदा रनआउट हुन पुगे। रशिद खान १५ रनमा नटआउट रहे। 

नेपालका लागि कुशल मल्ल र कमलसिंह ऐरीले २-२ रनको योगदान गरे। अन्य खेलाडी भने मात्र खाता खोलेर आउट भए। श्रीलंका लागि दिल्शन मदुशंका र नाभोद परनाभिथनाले ३-३ विकेट लिए। त्यस्तै रोहन सन्जय र आशियन डानिएलले १-१ विकेट लिए।

श्रीलंका अहिले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ । उसले १३ ओभर खेल्दा दुई विकेटको क्षतिमा ७९ रन बनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.