शनिबारदेखि सिम्रिक एयरलाइन्सको उडान सुचारु हुँदै

शनिबारदेखि सिम्रिक एयरलाइन्सको उडान सुचारु हुँदै

काठमाडौं : निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको उडान भदौ २१ गते शनिबारदेखि सुचारु हुने भएको छ। यही भदौ ४ गतेदेखि अबरुद्ध भएको उडान १७ दिनपछि पुनः नियमित रूपमा सुचारु हुन लागेको हो। सिम्रिक एयरलान्इका बजार तथा बिक्री विभाग प्रमुख प्रज्वल थापाका अनुसार १० वर्षदेखि नियमित उडानको सेवा दिइएको यो वायुसेवाको सेवा केही दिनदेखि रोकिएको थियो। 

‘हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निरीक्षणका क्रममा हवाई सुरक्षामा देखिएको केही त्रुटिका कारण यो वायुसेवाको उडान रोकिएको थियो। प्राधिकरणले तोकेको सुरक्षा मापदण्ड कायम गरेर यो वायुसेवाले पुनः उडान सुरु गर्न अनुमति दिएको छ’, थापाले भने। उनका अनुसार प्राधिकरणले पत्र पठाएर जहाज उडान रोक्नु भनेकोले रोकिएको थियो। उडान सुचारुको निम्ति पनि फेरि प्राधिकरणकै पत्र पर्खनु परेकोले केही दिन उडान हुन नसकेको पनि उक्त वायुसेवाको भनाइ छ।

सन् २००९ मा स्थापना भएको यो वायुसवाले हवाई यातायातको क्षेत्रमा अत्यन्त सुरक्षित र भरपर्दो रूपमा अनवरत रुपमा सेवा दिँदै आएको बताएको छ। यसको आफ्नो हवाई उडानको सुरक्षित सेवाको प्रतिवद्धतालाई दोहोर्‍याउँदै नियामक निकायको सल्लाह, सुझाव र आवश्यक निर्देशक पालन गर्ने प्रतिवद्धतासहितको उडान नियमित गर्ने जानकारीसहितको प्रेस विज्ञप्ती शुक्रबार उक्त एयरलाइन्सका बजार तथा बिक्री विभाग प्रमुख थापाद्वारा जारी गरिएको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.