‘तक्माबिना फुर्के काका अधुरो हुन्छ’

‘तक्माबिना फुर्के काका अधुरो हुन्छ’

पहिला म ‘मेरी बास्सै’ हास्य टेलिसिरियलमा ‘तक्मे बूढा’ को भूमिकामा थिएँ। पछिल्लो समय ‘फुर्के’ भन्ने सिरियलमा ‘फुर्के काका’ भएर काम गरिरहेको छु। यो सिरियल युट्युबबाट मात्र प्रसारण हुने गर्छ। सिरियलको सुरुवातदेखि नै त्यससँग जोडिएको छु।

अभिनयमा पहिलादेखि नै रुचि थियो। डान्सर वा निर्देशक बन्ने सोच थियो। तर,  हास्य कलाकार बन्न पुगेँ। ‘फुर्के’ मैले आफैँ निर्माण गरेको सिरियल हो। त्यसका एकदुई एपिसोड मात्र बनाउँछु भन्ने सोचेको थिएँ। तर, फुर्के काकालाई दर्शकले एकदमै मन पराइदिनुभयो। धेरैले अर्को एपिसोड पनि बनाउनुपर्छ भनेर कमेन्ट गरेपछि थप एपिसोड बनाउने हौसला मिल्यो। 

फुर्के काकाको रिल र रियल लाइफ धेरै फरक छ। एउटा गाउँले मान्छे हो, फुर्के। उसका छोराबुहारी सबै विदेशमा छन्। ऊ आफू चाहिँ गाउँमा नातिनातिना हेरेर बसेको छ। गाउँका धनी मानिसमा गनिन्छ। गाउँमा कसैले केही भनेर फुर्काइदियो भने चाँडै फुर्किहाल्छ। आफूले गर्न नसक्ने काम पनि अरूले फुर्काउँदा ‘गर्न सक्छु’ भन्दै तम्सिन्छ। सिरियलमा उसलाई एक नम्बरको गफाडीका रूपमा प्रस्तुत गरिएको छ। 

विल्सनविक्रम राईबाट फुर्के काका बन्न पाँचदेखि सात मिनेटसम्म लाग्छ। कपाल र दाह्री मिलाउन अलि गाह्रो हुन्छ। गेटअपले भन्दा पनि फुर्केको स्वरले चाहिँ दुःख दिन्छ। जति प्रयास गर्दा पनि पात्रले खोजेको स्वर नै निस्किँदैन। त्यसै कारण एकदमै धेरै टेक खानुपर्छ। पहिला तक्मे बूढा मेरो पहिचान थियो। धेरैले त्यही रूपमा चिन्थे। अहिले फुर्के काका भनेर चिन्छन्। बाटोमा हिँड्दा पनि फुर्केले भन्ने गरेको डाइलग भनेर मलाई जिस्काउँछन्। ‘मायाले संसार थाम्दैन’ भन्दै जिस्काउने गर्छन्। 

सिरियलमा टोपी, दौरा–सुरुवाल, कोट, कोटमाथि तक्मा, गलबन्दी लगाउँछु। गर्मीमा टोपी, कोट लगाउँदा कम्ती अप्ठ्यारो हुँदैन। हुन त, तक्मे बूढामा पनि मैले यस्तै खाले ड्रेसअप गरेको थिएँ, अहिले पनि तक्मा भिर्ने गर्छु। तक्माबिना त आफ्नो रोलै अधुरो हुन्छजस्तो लाग्छ।

सिरियलको सुटिङ प्रायः झापातिर हुन्छ। फिल्म क्षेत्रमा सँगै काम गरेका केही साथी कारणवश आफ्नै गाउँ फर्किनुभएको छ। उनीहरूको प्रतिभा दर्शकमाझ ल्याउनुपर्छ भन्ने सोचेले उनीहरूकै गाउँठाउँमा पुगेर सुटिङ गर्छु। 

अन्नपूर्ण सम्पूर्णका लागि  आशक्ति फुयालको प्रस्तुति ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.