तेजाब छ्यापिएकी मुस्कालाई उपचारका लागि काठमाडौँ ल्याइने

तेजाब छ्यापिएकी मुस्कालाई उपचारका लागि काठमाडौँ ल्याइने

वीरगञ्ज : तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि हस्पिटलले काठमाडौँ पठाएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो । 

वीरगञ्जको गणेशमानचौकमा बिहीबार बिहान  १५ वर्षीया खातुनलाई एसिड प्रहार गरिएको थियो । खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा छपकैया–२ निवासी संसाद मियाँलाई प्रहरीले पक्रिएको छ । 

विद्यालय जाने क्रममा वीरगञ्ज ३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पताल लगिएको थियो । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

बिहान ६ बजे विद्यालय जान लागेकी मुस्कानलाई सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले बताएका छन् । उनीहरुकै बयानका आधारमा संसादलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको उनले बताए । मुस्कान वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा पढ्छिन्।  

संसादले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक  शर्माका अनुसार मजिद आलमले मुस्कानलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण एसिड छ्यापेको संसादले बयानमा बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.