चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने कुरा नेपाल सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वाङ यही सेप्टेम्बर ८ देखि १० सम्मका लागि नेपाल आउने उल्लेख गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निम्तोमा वाङ काठमाडौं आउन लागेका हुन् । यस क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने पनि कार्यक्रम छ । साथै मन्त्री ज्ञवाली र उनका समकक्षी वाङबीच सेप्टेम्बर ९ मा दुईपक्षी वार्ता हुने विज्ञप्तिमा उल्लेख छ ।