शक्तिशाली डोरियन आँधी अमेरिकामा पनि
वासिङ्टन : बहमासमा वितण्डा मच्चाएको डोरियन आँधी अब अमेरिका पुगेको छ ।
शक्तिशाली समुद्री आँधीले अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा असर पुर्याउन थालेको बताइएको छ । जसका कारण अमेरिकाका केही भूभागमा ठूलो वर्षा भएको बिबिसीले उल्लेख गरेको छ ।
मौसमविद्हरुका अनुसार अमेरिकाको अरु केही भागमा ठूलो आँधी आउनेछ । प्रारम्भिक अवस्थामा भन्दा आँधीको बहाव केही कम देखिएको छ । डोरियनमा भने ‘ठूलो संकट’ भन्दै संकटकाल नै घोषणा गरिएको थियो ।