विश्वभर आज : भारतीय युवा अभियन्ताविरुद्ध देशद्रोहीको मुद्दादेखि अमेरिकामा आँधी

विश्वभर आज : भारतीय युवा अभियन्ताविरुद्ध देशद्रोहीको मुद्दादेखि अमेरिकामा आँधी

जिम्बावेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन

हरारे : जिम्बावेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति एम्मेर्सन मांगाग्वाले शुक्रबार यस्तो खबर सार्वजनिक गरेका हुन् । उनले दुखद् समाचार भन्दै ट्वीटरमार्फत समेत सार्वजनिक गरेका छन् ।

जिम्मावेमा मुगाबेलाई जिम्माबेको स्वतन्त्रताको प्रतिक समेत मानिन्छ । केही महिनादेखि बिरामी परेका उनलाई सिंगापुरमा उपचारका लागि राखिएको थियो । स्थानीय मिडियाले भने उनलाई प्रोस्टेट क्यान्सर भएको जनाएका थिए । मुगाबेलाई २०१७ नोभेम्बरमा आम प्रदर्शनसँगै यहाँको सैनिकले अपदस्थ गरेको थियो ।

बेलायती प्रधानमन्त्रीका आफ्नै भाइले दिए राजीनामा


लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका आफ्नै भाइ जो जोन्सनले अचानक पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले परिवारप्रतिको वफादारी र राष्ट्रिय हितलाई सँगै व्यवस्थापन गर्न कठिन भएपछि यस्तो निर्णय गरेको जनाएका छन् ।

यस्तो समस्यालाई उनले ‘समाधान हुनै नसक्ने तनाब’भन्दै सोही कारण राजीनामा दिन लागेको बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री बोरिस र उनका भाइ जो महत्वपूर्ण राष्ट्रिय राजनीतिका मुद्दा समर्थन गर्ने सवालमा दुई कित्तामा उभिन थालेका थिए ।

बोरिसका भाइ जोले अचानक आपूर्ति मन्त्रीको पद र सांसदको पदबाटै राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन्सनको राजीनामा संसदमा ‘कन्जर्भेटिभ’ पार्टीका लागि ठूलो नोक्सान भएको टिप्पणी गरेका छन् । साथै उनको राजीनामाले अरु धेरै मन्त्री र सांसदलाई पनि नैतिक संकट उत्पन्न गर्नसक्ने आंकलन गरिएको छ । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका उनी शिक्षा तथा पत्रकारिता क्षेत्रका विज्ञ पनि मानिन्छन् ।

चन्द्रमामा भारतले पठाएको यान आज राति अवतरण हुँदैछ यसरी


नयाँदिल्ली : भारतले पठाएको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा आज शुक्रबार राति अवतरणको तयारीमा छ । शुक्रबार राति अर्थात् शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेसम्मको अवधिमा चन्द्रयान अवतरण हुने बताइएको छ ।

साथै चन्द्रमाको एक दिनको अवधिमा केही प्रयोग पनि गरिनेछ । त्यहाँ पठाइएका रकेटको गति अवतरणका बेला कम हुँदै केही बेर हावामै तैरिनेछन् । यसअघि अमेरिका, चीन र रुसले आफ्ना यान चन्द्रमामा पठाइसकेका छन् । वैज्ञानिकहरुले भने चन्द्रमाको धुलो चन्द्रयान अवतरणका लागि चुनौती हुनसक्ने बताएका छन् ।

‘ल्याण्डर’लाई धुलोले छोपेर अवतरणमा बाधा पुर्याउनसक्ने उनीहरुको चिन्ता छ । यसका लागि अवतरणको अवधिभर चार प्रक्षेपक स्वतः बन्द हुनेछन् र एउटा मात्रै चालू रहनेछ । जसले गर्दा धुलो उड्ने क्रम रोक्ने वैज्ञानिकको हवाला दिँदै भारतीय मिडियाले जनाएका छन् ।

चन्द्रमामा ‘सफ्ट ल्याण्डिङ’को अहिलेसम्म ३८ वटा प्रयास भएका थिए । तर ५२ प्रतिशत मात्रै सफल भएका छन् । चन्द्रमा छुने पहिलो प्रयास अमेरिका र सोभियत संघ रुसले गरेका थिए । अहिलेसम्म चन्द्रमामा संसारभरबाट ६ देश तथा एजेन्सीले स्याटलाइट यान पठाएका छन् । भारतले ३८७७ केजी तौलको चन्द्रयान–२ गत जुलाइ २२ मा लन्च गरेको थियो । उक्त यानले पृथ्वीलाई २३ दिनसम्म चक्कर लगाएर चन्द्रमाको कक्षमा पुग्न ६ दिन लगाएको थियो ।

भियतनामी अधिकारकर्मी थाइल्याण्डबाट सम्पर्क विहीन

ब्यांकक : भियतनामका एकजना अधिकारकर्मी अभियन्ता थाइल्याण्डबाट हराएको आशंका गरिएको छ । शुक्रबार उनको तत्काल खोजीको माग गर्न थालिएको छ । दुई साताअघि उनलाई ब्यांकक देखिएको बताइन्छ ।

लोकतन्त्रवादी अभियन्ता ओड सायावोङ थाइल्याण्डबाट सम्पर्क विहीन भएपछि अनुसन्धानको माग गरिएको हो । थाइल्याण्डमै बस्दैआएका ओडले भियतनाममा उप्रवासी कामदारहरुको अधिकारको क्षेत्रमा आवाज उठाउँदैआएका थिए । लाओसमा २०१६ देखि पाँचजना थाइ अभियन्ता हराइरहेका छन् ।

शक्तिशाली डोरियन आँधी अमेरिकामा पनि

वासिङ्टन : बहमासमा वितण्डा मच्चाएको डोरियन आँधी अब अमेरिका पुगेको छ । शक्तिशाली समुद्री आँधीले अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा असर पुर्याउन थालेको बताइएको छ ।

जसका कारण अमेरिकाका केही भूभागमा ठूलो वर्षा भएको बिबिसीले उल्लेख गरेको छ । मौसमविद्हरुका अनुसार अमेरिकाको अरु केही भागमा ठूलो आँधी आउनेछ । प्रारम्भिक अवस्थामा भन्दा आँधीको बहाव केही कम देखिएको छ । डोरियनमा भने ‘ठूलो संकट’ भन्दै संकटकाल नै घोषणा गरिएको थियो ।

भारतीय अभियन्ता शेहेलाविरुद्ध देशद्रोहको मुद्दा


नयाँदिल्ली : भारतीय युवा अभियन्ता शेहेला रसिदविरुद्ध देशद्रोहको मुद्दा दायर भएको छ । उनले केही साताअघि मात्रै कश्मीरमा भारतीय सेनाले स्थानीयका घरभित्र छिरेर युवालाई पक्राउ गरेको भन्दै ट्वीट गरेकी थिइन् ।

उनले सेनाको आलोचना गर्दै ट्वीट गरेपछि नै उनीविरुद्ध देशद्रोहको मुद्दा दायर भएको हो । रसिदमाथि देशभित्र हिंसा भड्काउने उद्देश्यले गलत प्रचारवाजी गरेको पनि आरोप छ ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्दा अघिल्लो वर्ष उनकै साथी कन्हैया कुमारविरुद्ध पनि सरकारले मुद्दा दायर गरेको थियो । तर कन्हैयालाई अदालतले निर्दोष सावित गरिदियो ।

हाउठीको मिसाइल हमला

रियाद : हाउठी मिलिसियाले यमनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताइएको छ । यमनको हार्फ सुफ्यान जिल्लाबाट शुक्रबार दिउसो प्रक्षेपण गरेको हो ।
अरब गठबन्धनका अनुसार उसले निरन्तर अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दैआएको छ । साथै उक्त मिसाइल आवासीय क्षेत्रमा अवतरण गरिएको टिप्पणी गठबन्धनको छ । साथै निर्दोष यमनी नागरिकको जीवनमाथि नै खतरा भएको उसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.