अन्नपूर्णकर्मी पुरी सम्मानित
चौतारा : सिन्धुपाल्चोकका अन्नपूर्णकर्मी युवराज पुरी सम्मानित भएका छन् । सरसफाइको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणाको कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले सम्मान गरेकी हुन् ।
पुरीसँगै पत्रकार ध्रुव दंगाल, दिनेश थापा, नेत्र पौड्याल, टीका दाहाल र यज्ञ दंगाल सम्मानित भएका छन् । दिसामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवम् शौचालय निर्माणका अभियन्ता राजेन्द्र शर्मा तथा महासंघका जिल्ला अध्यक्ष गोविन्द सापकोटा पनि सम्मानित भएका छन् ।