मालिंगाले गरे टी-२० क्रिकेटकै दुर्लभ प्रदर्शन, ५औं ह्याट्रिक

मालिंगाले गरे टी-२० क्रिकेटकै दुर्लभ प्रदर्शन, ५औं ह्याट्रिक

कोलम्बो : श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले आफ्नो क्रिकेट करियरमा दोस्रो पटक चार बलमा लगातार ४ विकेट लिन सफल भएका छन्। शुक्रबार न्युजिल्याण्डविरुद्ध टी–२० सिरिजको तेस्रो खेलका क्रममा मालिंगाले टी–२० क्रिकेटकै दुर्लभ प्रदर्शन गरे।  

यसअघिका दुई टी–२० खेलमा पराजित भई सिरिज भ्रमण टोली न्युजिल्याण्डलाई सुम्पिसकेको श्रीलंकाले तेस्रो खेलमा पनि ब्याटिङतर्फ खराब प्रदर्शन जारी राख्यो। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर जम्मा १२५ रन बनायो। १२६ रनको लक्ष्य न्युजिल्याण्डका लागि सामान्य चुनौती थियो। पहिलो ओभरमा बलिङ गर्न आएका मालिंगाले ३ रन दिए। दोस्रो ओभरमा अकिला धनन्जयले १२ रन दिए न्युजिल्याण्ड सहजै लक्ष्य प्राप्त गर्ने लयमा देखियो। 

तेस्रो ओभरमा मालिंगा बलिङमा आए। उनले दुई बल डट खेले त्यसपछि तेस्रो बलमा कोलिन मुन्रो लाई बोल्ड गरे। त्यसपछि क्रिजमा आएका हामिश रदफोर्ड एबीडब्लु आउट भए। उनीपछि आएका कोलिन डे ग्रान्दमेलाई पनि बोल्ड गरी मालिंगाले ह्याट्रिक गरे। त्यसपछि क्रिजमा आएका रोस टेलरलाई पनि एलबीडब्लु आउट गरी मालिंगाले न्युजिल्याण्डको ब्याटिङलाइन ध्वस्त बनाई दिए। ५औं ओभरमा उनले पुन अर्काे विकेट लिए। कप्तानसमेत रहेका मालिंगाले ४ ओभरमा १ मेडनसहित जम्मा ६ रन मात्रै दिएर ५ विकेट लिए। 

त्यसपछि खेलमा फर्कन निकै प्रयास गरेको न्युजिल्याण्डले १६ ओभरमा ८८ रन बनाउँदा सबै विकेट गुमायो। श्रीलंकाले ३७ रनको जित निकाली सिरिज क्लिनस्वीप हुन दिएन। मालिंगा पछि अकिला धनन्जयले २ विकेट लिए। 

यस खेलपछि  मालिंगा टी–२० अन्तराष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो क्रिकेटर बन्न सफल भएका छन्। शुक्रबारको खेलसँगै उनले टी–२० क्रिकेट अन्तराष्ट्रिय क्रिकेटमा १०४ विकेट आफ्नो नाममा दर्ज गराएका छन्। 

२००७ को एकदिवसीय क्रिकेटको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको बलिङमा लगातार ४ बलमा चार विकेट लिएका थिए। अन्तराष्ट्रिय क्रिकेटमा मालिंगाको यो ५औं ह्याट्रिक हो। एक दिवसीयमा ३ ह्याट्रिक गरेका मालिंगा हालसम्म टी–२० अन्तराष्ट्रिय क्रिकेटमा दोस्रो ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । यसअघि उनले २०१७ मा बंगलादेशविरुद्ध टी–२० मा ह्याट्रिक गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.