चन्द्रयान-२ असफल भएपछि वैज्ञानिकलाई ढाडस दिए मोदीले
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पठाएको चन्द्रयान–२ को सफल अवतरण नभएपछि वैज्ञानिकलाई यसमा चिन्ता नगर्न ढाडस दिएका छन् ।
उनले धन्यवाद सहित सफल नहुन्जेल प्रयास जारी राख्न पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘वैज्ञानिकहरु तबसम्म रोकिने छैनन, जबसम्म आफ्नो लक्ष्य पूरा गर्ने छैनन् ।’
यससँगै उनले यस अभियानका वैज्ञानिकहरुलाई डाढस दिएको भिडियोको समेत भारतमा चर्चा हुँदैछ । चन्द्रयान–२ का लागि खटिएका वैज्ञानिक र इन्जिनीयरहरुलाई सम्बोधन गर्दै उनले शनिबार ढाडस दिएका थिए । चन्द्रयान–२ भने चन्द्रमाको सतह नजिकै पुगेपछि सम्पर्कविहीन भएको छ ।