विदेश जाँदा पनि टेलिकमकै इन्टरनेट

विदेश जाँदा पनि टेलिकमकै इन्टरनेट

काठमाडौं : नेपाल टेलिकमको सीमकार्डबाट अब विदेश गएका बेला पनि मोवाइल डाटा चलाउन पाइने भएको छ। टेलिकमले पोस्टपेड ग्राहकहरुलाई विभिन्न ८७ मुलुकका १९२ भन्दाबढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो। 

वैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि पनि छिमेकी मुलुकहरु भारत र चीनमा यस्तो रोमिङ सेवा दिइरहेको छ। टेलिकमले पोस्टपेड र प्रिपेडका ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डाटा रोमिङ सेवा पनि दिने भएको हो। 

टेलिकमले  शनिबारदेखि नै छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन सुरु गरेको एक विज्ञप्तीमार्फत जानकारी दिएको छ। अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरूमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय भन्द भएको थियो। 

यस्तो सेवा पुनः सञ्चालनमा ल्याइसकिएको टेलिकमको भनाइ छ। टेलिकमले दिएको डाटा रोमिङ सुविधाबाट अब भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गन सकिने भएको छ। 

शुक्रबारसम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेडका ग्राहकलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ। शनिबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ।  

भारतमा मात्रै प्रयोग गर्न सकिने यस्तो डाटा रोमिङलाई टेलिकमले थप मुलुकमा पनि विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको टेलिकमकी प्रवक्ता प्रतिवा वैद्यद्वारा शनिबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.