हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्ड

हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्ड

पोखरा : संरक्षणविद् डा हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ। संरक्षण क्षेत्रमा उनले दिएको योगदानको आधारमा अस्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ ले सम्मान गरिएको हो। 

उक्त विश्व विद्यालयमा अध्ययन गरेका १ सय ४५ देशका २ लाख अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन्। अष्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयमा प्रदान गर्ने अवार्डबाट यस वर्ष कास्कीको मादी गाउँपालिका सिक्लेसका संरक्षणविद् डा गुरुङलाई सम्मान गरिएको हो। यो अवार्ड पहिलो पटक नेपालीले पाएका हुन्। 

डा गुरुङले सहभागितामुलक अनुसन्धान र समुदायमा आधारित पद्दतिहरु, वातावरण शिक्षा, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता, दिगो पर्यटन व्यवस्थापनमा अध्ययन, अनुसन्धान गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संघ लगायतका विभिन्न संघ संस्था हुँदै डा गुरुङ हाल बर्डलाईफ इन्टरनेशनल मलेशियाका क्षेत्रीय परियोजना अधिकृतको रुपमा कार्यरत छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.