नेपाल र बंगलादेश भिड्दै

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं : श्रीलंकाका जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जित निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा पाँच पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाका कारण रद्ध भएको थियो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । भदौ २८ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

नेपाली टोली कीर्तिपुर मैदानमा सामान्य तयारी गरेर श्रीलंका गएको थियो । कीर्तिपुर मैदान हिलो भएका कारण नेपाली युवा टोलीको तयारीमा समेत बाधा परेको थियो । यद्यपि नेपालले प्रतियोगिताअघि श्रीलंकामा स्थानीय टोलीसँग तीनवटा अभ्यास खेल खेलेको थियो । नेपालले स्थानीय टोलीसँग दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । शनिबार भएको समूह ‘ए’को खेलमा अफगानिस्तानले कुवेतलाई सात विकेटले हराएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.