काबुलमा मारिएका चन्द्रबहादुरकी पत्नीको सरकारलाई प्रश्न : श्रीमानको शव खोई ?
कोहलपुर : सोमबार अफगानिस्थानको राजधानी काबुलमा भएको आत्मघाती कार विष्फोटमा ज्यान गुमाएका नेपालीबारे नेपाल सरकारले चासो नदिएको परिवारका सदस्यको दुःखेसो गरेका छन्।
रोल्पाको रोल्पा नगरपालिका १ सल्लीबोट पहाड घर भइ १५ वर्षदेखि कोहलपुर नगरपालिका २ प्रेमनगरमा बस्ने चन्दबहादुर पुनको तालिवानी आक्रमणमा मृत्यु भएको थियो। मृत्यु हुनेमा चितवनका कृष्णबहादुर थापासहित १६ जना थिए। सवा एक सय जना घाइते भएका थिए।
‘मृत्युको ६ दिन बितिसक्दा पनि सरकारी निकायबाट कुनै खबर आएको छैन’, मृतक पुनकी पत्नी धनकुमारी पुन मगरले दुःखेसो पोखिन्, ‘आफ्नै नागरिकलाई समस्या पर्दा सरकार किन बोलेको छैन। श्रम स्वीकृति त नेपालबाटै गरेर जान्छु भन्नुहुन्थ्यो।
उनले पतिको शव चाँडो नेपाल सरकारलाई ल्याउन पहल गरिदिन पनि आग्रह गरेकी छन्। मृतक पुनका बुवा रवि पुन मगरले पनि सरकारलाई छोराको शव ल्याइदिन आग्रह गरेका छन्।