विश्वभर आज : फिलिपिन्समा विद्रोहीको हतियार हस्तान्तरणदेखि इजरायली आक्रमण

विश्वभर आज : फिलिपिन्समा विद्रोहीको हतियार हस्तान्तरणदेखि इजरायली आक्रमण

भारतीय राष्ट्रपतिलाई हवाइमार्ग दिएन पाकिस्तानले


इस्लामाबाद : भारतका राष्ट्रपति रामनाथ कोबिन्दका लागि हवाइ उडानको अनुरोध पाकिस्तानले अस्वीकार गरिदिएको छ । नयाँदिल्लीको पछिल्लो व्यवहारको कारण देखाउँदै पाकिस्तानले भारतको आग्रह अस्वीकार गरेको जनाएको छ ।

‘कश्मीर’ मामिलाबारे भारत र पाकिस्तानबीच पछिल्लो समय तनाब बढिरहँदा यस्तो आग्रह पाकिस्तानले अस्वीकार गरेको हो । ‘भारतीय राष्ट्रपतिले आइल्याण्डको यात्राका लागि पाकिस्तानको हवाइमार्ग प्रयोग गर्ने अनुमति मागेका थिए । तर हामीले उनलाई अनुमति नदिने निर्णय गर्यौँ,’ पाकिस्तानी विदेश मन्त्री शाह मेहम्मुद कुरैसीले भनेका छन् ।

तर यसबारे विस्तृतमा उनले उल्लेख गरेका छैनन् । सामान्यतः यस्ता हवाइ यात्राका लागि सम्बन्धित देशले अनुमति दिन वा नदिन सक्छ । भारतले भने यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

चन्द्रयान–२ असफल भएपछि वैज्ञानिकलाई मोदीले ढाडस दिए

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पठाएको चन्द्रयान–२ को सफल अवतरण नभएपछि वैज्ञानिकलाई यसमा चिन्ता नगर्न ढाडस दिएका छन् । उनले धन्यवाद सहित सफल नहुन्जेल प्रयास जारी राख्न पनि सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘वैज्ञानिकहरु तबसम्म रोकिने छैनन, जबसम्म आफ्नो लक्ष्य पूरा गर्ने छैनन् ।’ यससँगै उनले यस अभियानका वैज्ञानिकहरुलाई डाढस दिएको भिडियोको समेत भारतमा चर्चा हुँदैछ ।

चन्द्रयान–२ का लागि खटिएका वैज्ञानिक र इन्जिनीयरहरुलाई सम्बोधन गर्दै उनले शनिबार ढाडस दिएका थिए । चन्द्रयान–२ भने चन्द्रमाको सतह नजिकै पुगेपछि सम्पर्कविहीन भएको छ ।

जिम्बावेका राष्ट्रपतिको निधनबारे मिश्रित प्रतिक्रिया

हरारे : जिम्बावेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको यही शुक्रबार ९५ वर्षको उमेरमा निधन भयो । केही महिनादेखि अस्वस्थ रहेका उनको सिंगापुरमा स्वास्थ्य चेकजाँच गराएपछि निधन भएको हो ।

उनको निधनमा विश्वभरबाट श्रद्धाञ्जली आउने क्रम जारी छ । मुगावेकै मुलुक जिम्बावेमा भने उनको निधनलाई लिएर दुई कित्तामा विभाजित छन् । सामाजिक सञ्जाल तथा अन्य ‘फोरम’मा उनलाई श्रद्धाञ्जली मात्रै दिइएको छैन ।

केही अगुवा तथा आम मानिसले ‘एक तानाशाहको ढिलो मृत्यु भएको’ भन्दै टिप्पणी गरेका छन् । झण्डै चार दशक शासक बनेका मुगावेलाई जवनकालमा ‘अनुदार तानाशाह’ पनि भनिन्थ्यो । केहीले भने स्वेत उपनिवेशबाट स्वतन्त्र मुलुक बनाउने नेताको रुपमा उनलाई सम्मान र श्रद्धाञ्जली दिएका छन् ।

फिलिपिन्समा विद्रोहीले हतियार बुझाए

मनिला : फिलिपिन्समा मुस्लिम विद्रोही समूहले शान्ति सम्झौताका लागि हतियार बुझाएका छन् । शनिबार उनीहरुले विदेशी स्वतन्त्र पर्यवेक्षकलाई उनीहरुले हतियार हस्तान्तरण गरेका हुन् ।

यससँगै फिलिपिन्समा दशकौं लामो पृथकतावादी विद्रोह अवतरणको तयारीमा छ । यस अवधिमा डेढलाख मानिस मारिएका थिए । सरकार–विद्रोही शान्ति सम्झौताको तयारीसँगै अब दुबै पक्षले युद्ध अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।

गाजा क्षेत्रमा इजरायली आक्रमण


जेरुसेलम : प्यालेस्टाइनी क्षेत्रबाट यहुदी राज्यमा रकेट हमला गरेपछि इजरायली फौजले गाजा क्षेत्रमा हमला गरेको छ । शनिबार सैनिक फौजले यसबारे जानकारी गराएको हो ।

गाजा सीमा क्षेत्रमा इजरायली आक्रमणमा दुई प्यालेस्टाइनी किशोर मारिएपछि तनाब चर्किएको हो । सेनका अनुसार गत शुक्रबार गाजा क्षेत्रबाट इजरायलतर्फ लगातार पाँचपटक आक्रमण भएको थियो ।

डोरियन आँधीबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो


बहमास : शक्तिशाली समुद्री आँधी डोरियनको धक्काका कारण बहमासमा मृत्यु हुनेको संख्या ४३ पुगिसकेको छ । स्थानीय मिडियाका अनुसार यहाँ मृत्यु हुनेको संख्या अझै बढ्नसक्नेछ ।

यसअघि मृत्यु हुनेको संख्या ३० थियो । पछिल्लो अपडेट अनुसार ४३ जनाको मृत्यु भएको पुष्टि भएको हो । अरु धेरै मानिस हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने आंकलन गरिएको हो । अति घातक मानिएको यो आँधी ‘क्याटगोरी ५’ को थियो । जसकारण बहमासमा संकटकाल नै घोषणा गर्नुपरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.