नेदरल्यान्ड्ससँग जर्मनी स्तब्ध

नेदरल्यान्ड्ससँग जर्मनी स्तब्ध

ह्यामबर्ग : युरोकप छनोट फुटबलमा नेदरल्यान्ड्सले बलियो टोली जर्मनीमाथि प्रभावशाली जित निकालेको छ। शनिबार बिहान भएको खेलमा नेदरल्यान्ड्सले जर्मनीलाई उसैको मैदानमा ४-२ गोलले हरायो। नेदरल्यान्ड्सले जर्मनीलाई उसैको मैदानमा १७ वर्षपछि हराएको हो। यसअघि सन् २००२ मा नेदरल्यान्ड्सले जर्मनीलाई ३-१ गोलले पराजित गरेको थियो। नेदरल्यान्ड्सको जितमा फ्रान्की डि जोङ, डोनेल मालेन र जर्जिन्हो विजनाल्डमले गोल गरे। नेदरल्यान्ड्सले एक गोल उपहार पाएको थियो। जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले एक÷एक गोल फर्काएका थिए।

खेलमा सुरुआती अग्रता जर्मनीले लिएको थियो। नवौं मिनेटमा सर्जि जिनाब्रीले खाता खोलेका थिए। त्यसपछि ५९औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। ६६औं मिनेटमा जर्मनीका जोनाथन ताले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्स खेलमा अगाडि बढ्यो। ७३औं मिनेटमा फ्रान्की डी जोङले फल गरेपछि प्राप्त पेनाल्टीमा टोनी क्रुसले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए।

७९औं मिनेटमा डोनेल मालेनले गोल गर्दै नेदरल्यान्ड्सलाई अगाडि बढाए। दोस्रो हाफको इन्जुरी समयमा जर्जिन्हो विजनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सहज जित दिलाएका थिए। जितसँगै नेदरल्यान्ड्सले समूह ‘सी’मा तीन खेलबाट ६ अंक बनाएको छ। समूहको तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले युरोकप छनोटको सम्भावना जीवित राखेको छ।

एक खेल बढी खेलेको जर्मनी नौ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। यस समूहमा अपराजित नर्दन आयरल्यान्ड १२ अंकसहित शीर्ष स्थानमा छ। समूह ‘सी’को अर्को खेलमा बेलारुसले इस्टोनियालाई २-१ गोलले हरायो। पाँचौं खेलमा पहिलो जित निकालेको बेलारुस तीन अंकसहित चौथो स्थानमा छ। चार खेल सकेको इस्टोनियाले खाता खोल्न सकेको छैन।

युरो कप छनोटअन्तर्गत नै समूह ‘ई’को खेलमा ग्यारेथ बेलको निर्णायक गोलको सहयोगमा वेल्सले अजर बैजानलाई २-१ गोलले हराएको छ। यही समूहको क्रोएसियाले स्लोभाकियालाई ४-० गोलले स्तब्ध बनायो। समूह समूह ‘जी’मा स्लोभेनियाले पोल्यान्डलाई २-० र अस्ट्रियाले लात्भियालाई ६-० गोलको फराकिलो अन्तरले पाखा लगायो। समूह ‘आई’को खेलमा वेल्जियमले सान मारियोलाई ४-० गोलले हरायो। रुसले स्कटल्यान्डलाई २-१ गोलले पाखा लगायो। पसाइप्रस र कजाकस्तानले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.