फाइनलमा पुगे नाडाल

फाइनलमा पुगे नाडाल

न्युयोर्क : स्पेनका चर्चित खेलाडी राफेल नाडाल ग्रान्डस्लाम टेनिस ‘यूएस ओपन’को फाइनलमा पुगेका छन् । ३३ वर्षीय अनुभवी खेलाडी नाडालले शनिबार बिहान भएको सेमिफाइनलमा इटालियन खेलाडी माटियो बेरेट्टिनीलाई ३–० को सोझो सेटमा हराए । दोस्रो वरीयताका नाडालले २४औं वरीयताका माटियोमाथि ७–६ (८–६), ६–४, ६–१ को नतिजा निकालेका थिए । नाडाल पाँचांै पटक यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेटमा निकै मेहनत गर्नु परे पनि नाडालले त्यसपछिको सेटमा सहज जित निकालेका थिए । १८ पटककोे ग्रान्डस्लाम विजेता नाडालले फाइनलमा पाँचौं वरीयताका रुसी खेलाडी ड्यानिल मेदभेदेभसँग प्रतिस्पर्धा गर्नेछन् । खेलपछि नाडालले पहिलो सेटमा आफ्नै कमजोरीका साथ जित निकाल्न धेरै गाह्रो भएको बताए । नाडालले मेदभेदेभसँगको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पनि बताए ।

नाडाल १८ पटकका ग्रान्डस्लाम च्याम्पियन हुन् । नाडालले हालसम्म १२ पटक फ्रेन्च ओपन, तीन पटक यूएस ओपन, दुई पटक विम्बल्डन र एक पटक अस्ट्रेलियन ओपनको उपाधि जितिसकेका छन् । नाडालले पछिल्लो पटक सन् २०१७ मा यूएस ओपनको उपाधि चुमेका थिए । उनले पछिल्लो पटक जितेको ग्रान्डस्लाम उपाधि भने फ्रेन्च ओपन हो । नाडालले यसै वर्ष फ्रेन्च ओपनको उपाधि हात पारेका थिए ।

मेदभेदेभले बुल्गेरियाका ७८औं वरीयताका ग्रिगर दिमित्रोभलाई ७–६, ६–४, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए । २३ वर्षीय मेदभेदेभ पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् । उनले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डका स्टान वावरिन्कालाई पराजित गरेका थिए । । मेदभेदेभ ग्रान्डस्लाम टेनिस फाइनलमा पुगेको पहिलो पटक हो ।

महिलातर्फको फाइनलमा भने अमेरिकी स्टार सेरेना विलियम्स र क्यानडाकी बियान्का एन्डे«स्कुबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.