भाइरलले गाउँ नै थला

भाइरलले गाउँ नै थला

सुर्खेत : भाइरल ज्वरो र रुघाखोकीले सुर्खेतमा एउटा गाउँ नै थला परेको छ। जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ गाउँ थला परेको हो। करिब ४ सय घरधुरी रहेको यो गाउँमा दुई सातादेखि भाइरल ज्यरोको संक्रमण फैलिएको छ। उपचार र औषधि नहुँदा अहिले गाउँका अधिकांश बासिन्दा थलिएका छन्। अधिकांश गाउँले बिरामी भएपछि उनीहरूलाई उपचारका लागि बड्डिचौर र वीरेन्द्रनगर ल्याउन थालिएको छ।

गाउँमा सिटामोलसमेत नहुँदा बिरामी बोकेर उपचारका लागि ल्याउनुपर्ने बाध्यता छ। वराहताल वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य एकाइमा सिटामोलसमेत नभएको स्थानीयले बताएका छन्। भाइरलले थला परेका बिरामी छिटो सन्चो हुने आसमा दुई घण्टाको बाटो हिँडेर बड्डिचौर र वीरेन्द्रनगर आउने गरेका छन्। ‘भाइरल ज्वरो र रुखाखोकीले गाउँ नै थला परेको छ’, स्थानीय युवराज वलीले भने, ‘गाउँमा उपचार सम्भव नभएपछि बिरामीलाई वीरेन्द्रनगर लैजाने गरिएको छ।’

गाँउमा यातायातको पहुँच नभएकाले स्ट्रेचरमा बोकेर बिरामी ल्याउनुपर्दा झनै समस्या भएको उनको भनाइ छ। ‘स्वास्थ्य चौकीमा बिरामीको भीड नै लाग्ने गरेको छ,’ उनले थपे, ‘गाउँमा एम्बुलेन्स जाने बाटो नै छैन, स्टे«चरमा बोकेर बिरामीलाई बड्डिचौरसम्म ल्याउनुपर्छ।’ सामुदायिक स्वास्थ्य एकाइमा जाँदा सिटामोल पनि नपाइने गरेको उनको गुनासो छ।

दुई सातादेखि उपचारका लागि बिरामीको भीड लागेको सामुदायिक स्वास्थ्य एकाइ प्रमुख भुवन पौडेलले जानकारी दिए। ‘उपचारका लागि दैनिक १५÷१६ जना बिरामी आइरहेका छन्,’ पौडेलले भने, ‘यो भाइरलको सिजन नै हो, बिरामीहरू दिन प्रतिदिन बढिरहेका छन्।’ विशेषगरी बालबालिका र वृद्धवृद्धा भाइरल ज्वरोबाट थला परेका छन्। जथाभाबी पोलेको मकै र बेलौती खाँदा पनि विद्यार्थीलाई चाँडो भाइरल संक्रमण हुने गरेको उनको भनाइ छ। बिरामी परेको लामो समयसम्म पनि उपचार नगराउने र अन्तिम अवस्थामा मात्र वीरेन्द्रनगर जाने गरेको उनी बताउँछन्।

यातायातको पहुँच नभएकाले स्ट्रेचरमा बोकेर बिरामी ल्याउनुपर्दा झनै समस्या भएको छ।

स्थानीय मेडिकल सञ्चालक नारायण खनालले पनि दुई सातादेखि चेपाङ गाउँमा भाइरलको संक्रमण देखिएको बताए। ‘गाउँमा भाइरलको संक्रमण फैलिएको छ,’ उनले भने, ‘यातायात नहुँदा बिरामीलाई औषधि पुर्‍याउन समस्या भएको छ।’ गाउँमा मोटरबाटो नभएको र औषधि अभावले बिरामीको प्राथमिक उपचारमात्र हुने गरेको उनले बताए। बराहताल गाउँपालिका-५ का वडाध्यक्ष तिलक मर्साङलीले विशेषगरी तल्लो चेपाङ गाउँमा भाइरलका बिरामी बढेको बताए। ‘गाउँका बालबालिकामा भाइरलको संक्रमण देखिएको छ,’ मर्साङीले भने, ‘उपचारमा कुनै कमी हुन नदिन सामुदायिक स्वास्थ्य एकाइलाई निर्देशन दिएको छु।’

गाउँसम्म मोटरबाटो नहुँदा बिरामीलाई स्ट्रेचरमै बोकेर अस्पतालसम्म ल्याउनुपर्ने बाध्यताले सकस भएको हो। गाउँमा औषधि पुर्‍याउन मुस्किल परेको स्थानीय मेडिकल सञ्चालक नारायण खनाल बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतनिधि वाग्लेले बिरामी बढ्दैमा डराउनुपर्ने अवस्था नरहेको बताए। जिल्ला स्वास्थ्य कार्यालयसँग औषधि र जनशक्ति पर्याप्त रहेकाले समस्या चाँडै नियन्त्रणमा आउने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.