बंगलादेशविरुद्ध सम्मालिएर ब्याटिङ गर्दै नेपाल
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएपछि नेपाल यू–१९ टोली अहिले ब्याटिङ गरिरहेको छ।
बलियो बंगलादेशविरुद्ध नेपाली ब्याट्यसम्यान सम्मालिएर ब्याटिङ गरिरहेका छन् । २६ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा नेपालले ९० रन जोडेको छ । ओपनर रित गौतम ५३ बलमा ३३ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका आसिफ शेख १३ बलमा ३ रन मात्रै बनाउन सके ।
अहिले ओपनर पवन सर्राफ र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । सर्राफ २२ र मल्ला २७ रन बनाएर खेलिरहेका छन्