किमका पतिको भिडियो भाइरल

किमका पतिको भिडियो भाइरल

हलिउड अभिनेत्री किम कार्दसियनका पति तथा र्‍यापर कान्ये वेस्टको एउटा भिडियो भाइरल भएको छ। भिडियोमा उनी अवाञ्छित तवरले कानेगुजी खाइरहेको देखिएका छन्। उनका कुनै फ्यानले खिचेको उक्त भिडियोका बारेमा अनलाइनमा निकै बहस भइरहेको छ।

एसेसोबिजको एक रिपोर्टअनुसार भिडियोमा ४२ वर्षीय यी संगीतकारले सन्डे सर्भिसका क्रममा मान्छेहरूको भीडमा उभिएर एउटा औंला कानमा छिराएर कानेगुजी निकाल्दै मुखमा हालेको देखिन्छ। जसले यो भिडियो अपलोड गरेका हुन्, उनले लेखेका छन्, ‘मैले ध्यान दिइनँ तर मलाई कान्ये वेस्टले आफ्नो कानेगुजी खाएको भिडियो प्राप्त भयो।’

यो भिडियो २०.४ हजार पटक री ट्विट गरिएको छ। यो भिडियोलाई १११.७ हजार लाइक्स प्राप्त छ। अहिलेसम्म २७ लाखले हेरेका छन्। कान्येका फ्यानले यसमा मिश्रित प्रतिक्रिया दिएका छन्। -एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.